फ्रेवुअरी २७, २०११ – आईतवार

प्रमुख अतिथि नेपाली महामहिम राजदूत डा गणेश योञ्जन तामाङ
सोनाम ल्होसारको पवन सु-अवसर पारेर तामाङ समाज जापानले आफ्नो तेस्रो महाधिबेशन सम्पन्न गरेको छ। टोकियोको तोगोसी गिन्जास्थित नेपाल जापान संस्कृतिक प्रतिष्ठानमा सम्पन्न उक्त महाधिबेशनले संस्थाको बिधान माथि बुँदागत छलफल संशोदन गर्दै आगामी कार्यकल २०११/१३ को लागि पछी तीन जना थप गर्ने गरी पूर्ण सहमतिमा सुकुमान थिङ तामाङको अध्यक्षतामा २४ सदस्यिय कार्यसमितिको चयन गरेको छ।

नयाँ कार्यसमितिका पदाधिकारीहरु
समाजको नव निर्वाचित उपाध्यक्षमा मंगल तामाङ र कुमार मोक्तान तामाङ (साइतामा), महासचिवमा हवल चन्द्र बम्जन तामाङ, सचिवमा कुमार मोक्तान तामाङ (टोकियो), कोषाध्यक्षमा शान्ता लोप्चन तामाङ र सह-कोषाध्यक्षमा तारा गोले तामाङ रहनु भएको छ।
यसैगरी सदस्यद्वयहरुमा सञ्जिव लामा तामाङ, तेन्जिङ योञ्जन तामाङ, अमित लामा तामाङ, चन्द्रराज लामा तामाङ, तासी लामा तामाङ, सम्झना लामा तामाङ, विमल लामा तामाङ, सन्तोष योञ्जन तामाङ, कविर लामा तामाङ, करमा वाङगेल तामाङ, जगतमान तामाङ, उदय मोक्तान तामाङ, नरेश तामाङ, दिपेश तामाङ, शितल योञ्जन, कुमार गोङ्बो तामाङ र पूर्ण तामाङ रहनुभएको छ। नव गठित कार्यसमितिले निबर्तमान अध्यक्ष रेख ब्लोन तामाङ सहित गंगाबहादुर स्याङतान तामाङ, आले थिङ तामाङ, प्रवीण लामा र श्याम लामा तामाङलाई आफ्नो सल्लाहकारमा चयन गरेको छ।

साँस्कृतिक कार्यक्रमका झलकहरु

साँस्कृतिक कार्यक्रमका झलकहरु
महाधिबेशन पश्चात तामाङ समाज जापानले जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यमा तामाङ जातीको महान पर्व सोनाम ल्होसार विविध कार्यक्रम सहित भब्यताका साथमा सम्पन्न गरेको छ। कार्यक्रमको शुरुवातमा हालै मात्र नेपालमा चर्चित एवं तामाङसेलो तथा लोकगीत गायीका योगिता मोक्तन को असमयिक निधनले जापान वासी तामाङ तथा सम्पूर्ण नेपाली स्तब्ध भएको जनाउँदै दिवंगत आत्मको चीर शान्तिको लागि सहभागी सबैको साथ एक मिनट मौनधारण गरियो । तत् पश्चात महामहिम राजदूत डा. गणेश योञ्जन तामाङले शान्तिका दुत भगवान बुद्धको मुर्तीमा पुजा सहित दियोमा बत्ती बाली समुदघाटन गर्नुभएको भएको उक्त कार्यक्रममा एनआरएन जापानलगायत जापानमा कृयाशिल बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत डा. तामाङले सोनाम ल्होछारको उपलक्षमा स्वदेश तथा बिदेशमा बस्ने समस्त तामाङ जातीहरु लगायत समग्र नेपालीहरुको उन्नती-प्रगति र समृद्धिको कामना गर्नुभएको थियो । साथै प्रबासमा रहेर पनि तमाङ समाज जापानले आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै आइ रहेकोमा प्रशंसा पनि गर्नुभयो ।
यसैगरी ल्होछार पर्वको उपलक्षमा शुभकामना मन्तब्य दिनेहरुमा एनआरएन जापानका अध्यक्ष रोशन केसीलगायत नेपाली आदिबासी जनजाती महासंघ टोकियोका अध्यक्ष ध्रुब भट्टचन, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाली जनसम्पर्क समिति जापानका सभापति बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका छक्कू उदासी, हातेमालो समाजका गौतम महर्जन, नेवाः अन्तरराष्ट्रिय फोरम जापानका राजीव श्रेष्ठ, तमू धीं जापानका उपाध्यक्ष पदम गुरुङ र समुद्रपारि डट कमका तिलक मल्ल हुनुहुन्थ्यो।
कार्यक्रममा कपिलवस्तु दिवस ग्लोबल कमिटी जापानका संयोजक ओम गुरुङले भगवान गौतम बुद्ध नेपालमै जन्मेको ध्रुबसत्य तथ्यलाई बिश्वब्यापी अभियानकारुपमा प्रचारप्रसार गरी तत्ससम्बन्धि फैलिएका नकारात्मक भ्रम चिर्न एवं लुम्बिनीको प्रबर्द्धन गर्न आफुहरु क्रियाशील रहेको बिचार ब्यक्त गर्दै तत्सम्बन्धि सन्दर्भ-सामाग्री प्रस्तुत गर्नुभएको थियो।
अन्त्यमा समाजका निबर्तमान अध्यक्ष तथा सल्लाहकार रेख ब्लोन तामाङले नव गठित कार्यसमितिको नामावली घोषणा गर्दै तेस्रो अधिवेशनसहितको सोनाम ल्होछार कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो।
दिबा भोज सहितको ल्होछार साँस्कृतिक कार्यक्रममा गायिका शितल तामाङ, कलाकारहरु बिमल तामाङ, तासी लामा, रामकृष्णबम मल्ल, अम्बर गुरुङ, ऋषि पौडेल लगायतले मनोरञ्जनपूर्ण एवं देशभक्तिपूर्ण साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।