तामाङ समाज जापानले पहिलो पुस्तक पकाशन

 

lokarpan

तामाङ समाज जापानको पहिलो पुस्तक विमोचन

तामाङ समाज जापानको उद्देश्य निति “तामाङ भाषा, लिपि, सहित्य, कला, धर्म, संस्कृति, ईतिहास आदिको अध्ययान संरक्षण, संवर्ध्दन र उत्थानमा जोड दिंदै तामाङ लगायत सम्पूर्ण नेपाली आदिवासी जनजाति र उत्पिडित समुदायको शैक्षिक, वौध्दिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृध्दिका लागि कृयाशील रहने।” अनुरुप स्थापना भई अन्य विविध कार्यक्रम सहित प्रवासित तामाङ समुदायमा पहिलो पटक आफ्नो भाषा र संस्कृतिको जगेर्णा गर्नको खातिर “लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरु” नामक पुस्तक प्रकाशन गरेको छ । पुस्तक नेपालका प्रशिद्ध भाषाविद अमृत योञ्जन-तामाङद्वारा लेख्नु भएको थियो ।

 

 

Loktantrama Tamang pahichan ka sandarbhaharu

तामाङ समाजका कार्यसमितिका सदस्यहरु नयाँ पुस्तकका साथ

पुस्तकको विमोचन नेपाली राजदूतावास टोकियोको आयोजनामा जनवरि २३ मा टोकियोस्थिओताकु सेकाचु सेन्टरमा २०६७ सालको गेल्वु ल्होसार, तमु ल्होसार, सोनाम ल्होसार, न्हूँदया, तोरन्ल्ह, माघी र माघेसङक्रांन्ति पर्वको शुभ र सुखद उपलक्ष्यमा सम्पन्न विशेष समारोह तथा रात्रीभोज कार्यक्रमको अवसरमा महामहिम राजदुत डा गणेश योञ्जन तामाङज्यूबाट भएको थियो ।

 

 

 

प्रकाशनका सन्दर्भ :

प्रकाशित यस पुस्तकमा समेटिएका भाषाविद तथा लेखक श्री अमृत योञ्जनज्यूबाट लिखित सबै लेख र रचनाहरुमा उहाँको अठोट मिहेनत, गहिरो अध्ययन अनुसन्धान तथा वस्तुपरक वैज्ञानिक विश्लेषण भएको पाउँन सक्दछौं । त्यसैले हामी तामाङ आदिवासी जनजातिको मौलिक पहिचानको चिनारी – आफ्नो भाषा, लिपि, सहित्य, कला, धर्म, संस्कृति, इतिहास आदिको बारेमा जानकारी राख्न चाहने र यिनिहरुको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्धनमा लागेका वा लाग्न चाहने स्वदेश भित्रका तामाङ लगायत जो कोहि अझ खास गरि विविध कारणले संसारका विभिन्न मुलुकमा बसिरहेका हामी तामाङहरुले त पढ्न र संग्रह गर्नै पर्ने पुस्तक हो ।

सन्दर्भ समाचार : welovenepal.com

केहि तस्विरहरु नेपालजापान डट कम बाट साभार गरिएका छन ।

नेपाली राजदूतावास जापानले २०६७ सालको ल्होसार सामुहिक रूपमा भव्यताका साथ मनाएको छ ।

टोक्यो कामातामा अवस्थित सिमिन् हलमा भएको कार्यक्रममा जापानमा अवस्थित विभिन्न जातिय संस्थाहरूले आ आफ्नो जातिय पहिचान, संस्कृति झल्काउने भेषभुषा, साँस्कृतिक कार्यक्रमका साथै खानाका परिकारहरू प्रदर्शन गरेका थिए ।

Advertisements