4th NTSJ Lochhar Program 2013 successfully held

_DSC5120_DSC5121
  हरेक बर्ष झै नेपाल् तमाङ समाज तामाङ को आयोजना मा तामाङ् जातिको माहाँन चाड सोनाम ल्होछार ११ तारिक गोतान्दा स्थित् माया नेपाली रेष्टुरेण्टमा  सांगीतिक कार्यक्रम सहित रत्रिभोज का साथ भव्य रुपमा  सम्पन्न भएको छ । समाज का अध्यक्ष सुकुमान तमाङ,होक्काइदो बाट आउनुभएका अन्तरराष्ट्रिय आदिवासी सँजाल (World Indigenous people Network – AINU)का महा-सचिब सिमाजाकी नाओमी तथा नेपाली सङ्गीत बिद्यालयका युको ओकामोतो मल्ल ले संयुक्त रुपमा शन्तिका दुत बुद्द को मुर्तिमा पूजा गरि समुद्घाटन गर्नु भयो।
  _DSC5129
            प्रमुख अथिती को आसन बाट बोल्नु हुँदै सिमाजाकी नावोमी ले जापान मा पनि अदिबाशी जनजाती भएको कुरा शायद नेपाली हरू लाई थाहा नहुन सक्ला तर रहि आयको र  यहाँ पनि अरु देशमा झै आदिबाशी हरू को पहिचान हुदा हुदै अन्य जात जाति ले थिचो मिचो मा पारेर राखिएकोले संघर्स गरिरहेको बताउनु भयो। उहाँले समय समय मा नेपाल् बाट आदिबाशी का कलाकार,विद्वान हरू लाई जापान निमन्त्रणा गरि दुइ देश को आदिबाशी बिच् मा सस्क्रितीक आदान प्रदान पनि गरिरहेको बताउनु भयो। अर्का आथिती गैर आबासिय नेपालि संघ जापानका अध्यक्ष तथा नेपाल् आदिबाशी जनजाती महासंघ जापान का सस्थापक अध्यक्ष ओम् गुरुङ ले अदिबाशी को समस्या नेपाल् मा मात्र नभइ बिकसित मुलुक हरू जापान,अस्ट्रेलिया लगाएत मा पनि अझै रहिरहेको बताउनु भयो। तसर्थ आदिबाशी को चाडपर्ब,भाषा,रितीरिवाज को जगेना गर्न आफूहरू नै लागि पार्नु पार्ने अवस्था भएको र अन्तरास्ट्रिय  रुपमा पनि एकता को खाचो भएकोले जापान को आइनु अदिबाशी सग हातेमालो गरि जाने कुरा ब्यक्त गर्नु भयो। _DSC5184tamang-lhosar1

समाजका सस्थापक अध्यक्ष रेख ब्लोन तामाङ ले टोस्ट प्रस्ताब् राखी सुरु भएको ल्होछार साँझ  कार्यसमिति सदस्य कवि राज लामाले आफ्नो जापान बसाइ को अनुभब हसिलो पारा मा प्रस्तुत गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो। नेपाल् आदिवासी जनजाति महासंघ का भिम गुरुङ,थकाली सेवा समिती जापानका अध्यक्ष सरदकुमार गौचन,मगर संघ टोक्योका  अध्यक्ष सैलेन्द्र थापा मगर् तमु धीं टोकियोका अध्यक्ष हर्क तमु, नेवा अन्तराष्ट्रिय फोरम जापान तथा हातेमालो समाज जापानका दिपरत्न शाक्य,नेपाल जापान युथ क्लबका  अध्यक्ष टाशी लामा अथिती रहेको थियो। कार्यक्रममा जापानी मित्रहरू को पनि उल्लेख्य  उपस्थित रहेकोले समाज का महा-सचिब हवल चन्द्र लामा ले नेपाली र जापानी दुबै भाषामा संचालन गर्नु भएको थियो।_DSC5185

सांस्कृतिक कार्यक्रममा नागोया देखि आउनुभएका गायक कर्म दोङ ले आफ्नै एल्बम को सेलो गीत,सम्झना लामा र टाशी लामा ले तामाङ् नृत्य, शीतल् योन्जन ,बिमल लामा ,राजेश लामा ले गीत गाउनु भएको थियो भने तमाङ पोशाक र टोपीमा सजिएका तामाङ् लगाएत अन्य सहभागी हरूले धित मर्ने गरि नाचिरहेका थिए।
_DSC5151
अन्तमा नेपाल तामाङ समाज जापान ले बनाएको ल्होछार बिशेष परिकार खाप्से र बुद्ध को प्रसाद दर्शकहरूले मिठो मानेर खाएका थिए।  स्मरण रहोस् नेपाल लगाएत बिभिन्न मुलुक मा हाल ल्होछार भब्य रुपमा मनाउन थलिएको छ र नेपाल् सरकार ले राष्ट्रिय पर्ब को घोषणा पनि गरिसकेको छ।
कर्म दोङ तामाङको गीत तथा ति संगै रमाएका सहभागीहरु ।
Advertisements