तामाङ समाज जापानको चौथो साधारण सभा

नेपाल तामाङ समाज जापानको चौथो साधारण सभाको जरुरी सूचना !

>> नेपाल तामाङ समाज जापान को चौथो अधिवेशन स्थान सारिएको जानकारी :

नेपाल तामाङ् समाज जापान ले चौथो अधिवेशन सहित हानामी आगामी अप्रिल ६ तारिक शनिबारको दिन हिबिया
पार्कमा गर्नको लागि सम्पुर्ण तयारी पुरा हुदाहुदै मौसम् को कारणले हानामी स्थागन गरिएको र अधिबेशन निम्न
स्थानमा हुने जानकारी गराउदछौ। स्थापनाकाल देखि नै “आफ्नो भाषा, धर्म, संस्कृति, लाई सदैव संरक्षण र
सम्वर्द्धन गरौँ । परदेशमा पनि तामाङ बिच सदभाब कायम गरौ भन्ने मूल उदेस्यका साथ अगाडि बढेको संस्थाले
तेस्रो कार्यकाल सफलता पूर्वक पार गर्न लागेको र अधिबेशन ले नयाँ नेतृत्व चयन गर्ने, बिगतका अर्थिक र अन्य
घटनाहरूको समिक्षा आदि गर्नेछन् । समाजले स्थापनाकाल देखि तामाङ जाति र भाषा सम्बन्धी पुस्तक प्रकाशन
गर्ने, भेषाभुषा, धर्म, संस्कृति कलाको जगेर्ना गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ भने जापानमा
नेपालीमाझ आपत-बिपत आइ पर्दा सहयोगीको भूमिका पनि निभाउदै,हातेमालो गर्दै अगाडि बढिरहेको छ । प्रत्येक
वर्ष तामाङ जातिको महानपर्व ल्होछार, समरमा डन्फु साँझ, अप्रिलमा जापानको साकुरा फूल फुल्ने समयमा बगैंचामा
बसेर फूल हेर्दै खाने पर्व हानामी भव्य रुपले मनाउदै आइरहेको साथै विभिन्न सामाजिक संघ संस्थाहरु सँग समन्वय
गरेर बुद्धजयन्ती, विश्व आदिवासी दिवस जस्ता अधिकार मुलक कार्यक्रमहरु संयूक्त रुपमा मनाउदै आएको छ। प्रवास
बसाइको क्रममा आइपर्ने समस्या र समाधान साथै तामाङजाति को मौलिकता जोगाउन एकता को खाँचो भएकोले
सम्पुर्ण जापानबासी तामाङहरुलाई समाज को सदस्य लिनुहुन पनि अपिल गर्दछौं । [सदस्यताको लागि] नेपालका
विभिन्न क्षेत्रबाट जापानमा आएर कार्यरत पेशाकर्मी,बिद्यार्थी,व्यावसाही र जापानमै स्थाई बसोबास गरिरहेका तामाङ
दाजुभाई तथा दिदीवहिनीहरुको साझा यस संस्था २००९ मा टोक्योमा रेख ब्लोन तमाङ को अध्यक्षतामा स्थापना
भएको हो।

नयाँ कार्यक्रमस्थल तथा समयको ’boutमा:

समय : दिउँसो २ बजे देखि ४ बजे सम्म
स्थान : 東京都杉並区阿佐谷南3丁目34-16 池川ビル
Everest International School, Japan
Ikegawa bldg. Aasagaya, Minami 3-34-16, Suginami-ku,

टोक्यो [JR Asagaya STATION south Exit सफ्ट बैंक Mobile सप को दाहीने भित्र ]
————————

अन्य जानकारीको लागि,

सचिवालय
ईमेल : tamang.samaj@gmail.com
(सम्पर्क : 080-3216-5466 महासचिव, हवल चन्द्र लामा)

Advertisements