सहयोगको लागि अपिल

तामाङ समाज जापानको अपिल

सहयोगी हातहरुको लागि तामाङ समाज जापान हार्दिक आभार व्यक्त गर्न चाहन्छ  ।
छिट्टै दिवंगत सानु कुमारी तामाङको पार्थिव शरीर उहाँका परिवारकोमा पुरयाउने छौं । 

बीसको दसकमा भर्खर पाईला टेकेका सानु कुमारी तामाङका परिवार – आफन्त अहिले शोकमा डुबेका छन । मानिस लगायत जिवित प्राणीका लागि जिवन-मरण प्रकृतिका देन भए पनि असामयिक निधनका बेलामा भने सबैका मन दु:खी तुल्याउछन् नै । हामी र हाम्रा समाजमा यि यस्ता घटना कम होस र सधैं शान्ती छाईरहोस भन्ने कामना गर्दछौं ।

तामाङ समुदायका एक चेलीको यसरी परदेशमा निधन हुँदा हामी सबैलाई मर्माहत तुल्याएको छ ।  नेपाल तामाङ समाज जापानका तर्फबाट यस दु:खद घडिमा परिवारको आग्राह अनुसार पार्थिव-शरीर नेपाल पठाउनकोलागि आवश्यक सहयोग जुटाउन पहल गरिरहेका छौं ।

दिवंगत : सानु कुमारी तामाङ
स्थायी ठेगाना : मंगलटार -९, काभ्रे, नेपाल
मृ्त्यु भएको : मार्च ७ तारीख २०१३, टोकियो

हाल लाई दिवंगत शरीर टोकियो को एक अन्त्यष्टी गृहमा राखिइएको छ । सबैको सहयोग जुटाएर यथासंभव नेपाल पठाउने तयारीमा लागेका छन् । हजुरहरुको हरेक सहयोगको लागि अग्रीम कृतज्ञता पनि व्यक्त गर्दछौं ।

सहयोग जम्मा गर्नको लागि देहायका खाता प्रयोग गरि आफ्नो नाम वा संस्थाको नाम सहित राखि दिनु हुन विनम्र अनुरोध गर्दछौं । यसै प्रयोजनको लागि खातामा जम्मा भएका सबै रकम मृतकका आफन्त लाई एक मुष्ट बुझाईने छ । साथै जम्म गरिदिनु भएका सबैको नामावाली हाम्रो यसै पेजमा प्रकाशित गरिनेछ ।

Bank Account Details: (सहयोगी सबैलाई धन्यवाद सहित खाता विवरण हटाईएको छ । यस बारे जानकारी चाहिएमा नेपाल तामाङ समाज जापानका सचिवालय मेलमा सम्पर्क गर्नु हुन अनुरोध सहित (मार्च १६, २०१३))

Advertisements