दोस्रो डम्फु साँझ भव्यताका साथ सम्पन्न

नेपाल तामाङ सामाज जापानले राजधानी टोकियोमा दोस्रो डम्फु साँझको आयोजना गरेको छ । हिजो अक्टोवर ५ मा गोतान्डाको नेपाली रेष्टुरेन्टमा सम्पन्न गरिएको कार्यक्रममा टोकियो वरपर रहेका तामाङ तथा गैर तामाङ समुदाय लगायत जापानीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष सुकुमान थिङ तथा तामाङ चेलीबाट दीप प्रज्जवलन गरि शुरुवात गरिएको थियो ।

दोस्रो डम्फु साँझ

कार्यक्रममा विभिन्न समाजका सदस्यहरुबाट नै तामाङ सेलोहरु प्रस्तुत गरिएको थियो । आफ्नो सेलो बाट सहभागी सबैको साथ पाएका थिए तामाङ युवा गायक तथा समाजका सदस्यहरु विमल लामा, कर्म दोङ, राजेन्द्र लामा । सेलो तथा अन्य गीतहरुको साथमा सहभागीहरु धित मरुञ्जेल नाचेका देखिन्थे ।

यस पटकको कार्यक्रममा जापानमा आफ्नो प्रस्तुती दिन नेपालबाट आएका गायकद्वय विजय लामा र अविनाश घिसिङलाई पनि समाजले खादा ओढी स्वागत गरेका थिए ।

समाजका महासचिव हवल चन्द्र लामाको धन्यवादज्ञापन सँगै टुङ्गिएको कार्यक्रम उदघोषिका शिक्षा शान्ति वाईवाले सञ्चालन गरेका थिए ।

Advertisements