NTSJ 5th AGA पाँचौ साधारण सभा २०१५

समाजको पाँचौ अधिवेशन सम्बन्धि

DSCN0180

चौथो सभा 2013 का झलक

नेपाल तामाङ समाज,जापानको केन्द्रिय समितिको लागि यहि आउँदो अक्टोबरको ४ तारीख, आईतबारका दिन देहायको स्थानमा  हुने भएको छ। अधिवेशनलाई सफल पार्नको लागि गठित अधिबेशन मुल आयोजक समितिका संयोजक उपाध्यक्ष मंगल तामाङ रहेका छन ।

सभास्थल ठेगाना:
杉並区阿佐谷南3-37-10 YS ディセンダンツビル 2F
Suginami-Ku, Asagaya Minami 3-37-10 YS. Descendants Bldg 2F

समय : दिउँसो १ बजे बाट

Ichiba Studio

Asagaya Ichiba Studio

संस्थाको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि कार्यसमितिका सदस्यसहितका आवश्यकता अनुरुप बिभिन्न समिति बनाई तयारी जारी रहेको छ ।

यसरी नेपाल तामाङ समाज जापानको केन्द्रिय समितिमा उम्मेदवार हुन तथा निर्वाचनमा भाग लिनको लागि साधारण सदस्यता लिई अधिवेशनमा सहभागी हुनाको लागि समाजले अनुरोध गर्दछ । (यस भन्दा अगडि सदस्यता लिनको लागि सेप्टेम्बरको २० तारीख सम्मको समयसिमा तोकेको थियो, हालै बसेको कार्यसमितिको बैठकबाट अधिवेशनको दिन बन्द शत्रमा भाग लिने बेला सम्मका लागि बढाईएको छ । )

सदस्यता फाराम भर्न  सदस्यता फारम प्रयोग गर्नु होला । यस लिंक मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिनेछ । धन्यवाद ।

DSCN0176

चौथो सभा2013 का झलक

DSCN0177

चौथो सभा 2013 का झलक

Advertisements
This entry was posted in वर्गविहीन. Bookmark the permalink.

2 thoughts on “NTSJ 5th AGA पाँचौ साधारण सभा २०१५

  1. At first thank you mail.
    Dear sir, we are going to formation of Tamang ghedung sang in Fukuoka
    japan. We want to connection with center group of japan. We want to do
    something for tamang community who is suffering in our around. We have a
    need your support and suggestion. If you are working for tamang community
    you musty support to us. We will getting opertunity to work with
    comvination. We hope we will get good response with you.
    Thank you
    Bishnu Tamang

    सर्बप्रथम फूकुओकामा बसोबस गर्नुहुने तमाङ बासिहरुमा लासो अनी
    फ्याफुल्ला साथै हामी तमाङ जाती प्रती शुभचिन्तन गर्नुहुने सम्पूर्णलाई
    नमस्ते । हामी तमाङ भई जन्मिए पछी तमाङ जातिको संस्कृती जगेर्ना गर्नु हाम्रो
    कर्तब्य हो ।बिदेशमा भएपनि आफ्नो जातित्व प्रती गर्ब गर्नु ,समय को आभाब
    हुदाहुदै पनि बिभिन्न सामाजिक कार्यमा सहभागी हुनु महानता हो । कुनैपनि समाजिक
    कार्य गर्नु छ भने सुरुवात अफूबाट नै गर्नुपर्ने हुन्छ । हामी हाम्रो देश अनी
    परिवारलाई छोडि आ-आफ्नो लक्ष्य तथा उदेश्य बोकी बिदेशियका एक नेपाली हौ ।
    हामीले आटे गर्न नसक्ने केही छैन तर फरक यति छ कि हामीले हाम्रो लक्ष्यित
    उदेश्य प्रप्तीको लागि कति लगनशिलता भयौ भन्ने कुरा । लगनशिलताको आधारमा
    हामीले प्रतिफल पाउने गर्छौ । हामीले देशबाट के पयौ वा हामीलाई देशले के दियो
    भनेर सोच्छौ वा सोध्छौ तर कहिलै सोच्दैनौ वा सोध्दैनौ मैले मेरो देशलाई वा
    परिवारलाई के दिन सकेको छौ? त्यसैले यि कुराहरुलाई मध्ञजर गर्दै, अहिले नगरे
    कहिले गर्ने भन्ने भाबनाका साथ् फुकुओका जापानमा अबस्थित तमाङ जातिहरुको
    उपस्थितिमा “तमाङ घेदुङ संघ” फुकुओका जापान को एक झुन्द स्थापना गरी आफ्नो
    जातित्वको संरक्ष्ण तथा संस्कृती जगेर्ना गर्न अहिलेको आवस्यकता हो भन्ने
    कुरालाई महसुस गरेका छौ । हुन त हामी बिदेशमा छौ अनी ब्यस्तता पनि । समाएको
    आभाव भएतापनि फुकुओका क्युश्यु जापानमा अबस्थित तमाङ दाजु भाई तथा दिदी
    बहिनिहरुलाई तलका निम्न मिती, समय र स्थानमा आफू तमाङ भएको गर्ब गर्दै समय
    मिलएर उपस्थितिको लागि सम्पूर्णलाई बिनम्र अनुरोध गर्द्छौ । साथै हामी तमाङ
    जाती को नया वर्ष “सोनम लोसार” को बारेमा छलफल गरी अ-आफ्नो टिका -टिप्पणी
    राखिदिनु हुन अनुरोध गर्दछौ।

    तपशिल
    मिती :-७ अक्तोबर २०१५ (बुधबर)
    समय :- बेलुग ७ बजे
    स्थान :- बुध्ह रेस्तुरेन्ट

    भबदियी
    बिष्णु बहादुर तमाङ / हस्त लामा
    ०८०-४३१४-२६६८ / ०८०-३३७८-५३४२
    फुकुओका जापान

    On Monday, September 28, 2015, “Nepal Tamang Society, Japan नेपाल तामाङ

  2. बिष्णु बहादुर तमाङ जी
    फुकुओका जापान

    ल्हास्सो फ्याफुल्ला । तामाङ हामी र हाम्रा लागि यहाँले गर्न लागेको कार्यक्रमको पुर्ण समर्थन गर्दछौं । नेपालको झण्डै ३ गुणा ठुलो जापानमा छरिएर रहेको हामी सबै एकै समयमा एकै थलोमा जम्म हुन असम्भव प्राय छ । तसर्थ यहाँहरुले केन्द्रमा रहेको संगठन संग सहकार्य गर्न चाहेको र यसै प्रकार भेला हुने सुन्न पाउँदा खुशी लागेको छ । यहाँहरुको भेलाले राम्रो र समय सापेक्षा संस्थाको जन्म हुनेछ र हामी सँगै अघि बढ्न पाउनेछ भन्ने विश्वास लिएका छौ । हाम्रो यस नेपाल तामाङ समाज जापान केन्द्रिय समिति को विधानको प्रति यहाँहरुलाई उपलब्ध गराउनेछौ । र यसले यहाँहरुलाई अगाडी बढन मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं ।

    सुकुमान थिङ तामाङ, समाजका लगि

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )