नेपाल तामाङ समाज जापानको चौथो अधिवेशन सम्पन्न


नेपाल तामाङ समाज जापानको चौथो कार्यसमिति चयन

यसै महिनाको ६ तारिख (चैत्र  २४, २०६९ )का दिन टोकियोमा नेपाल तामाड समाज जापानले चौथो अधिबेशन आउँदा २ वर्ष (सन २०१३ अप्रिल – २०१५ मार्च) का लागि नयाँ कार्यसमिति चयन सहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुवात केही समय अघि जापानमा अध्ययनरत काभ्रे मङ्गलटारकी बिद्यार्थी सानुकुमारी तामाङ्को अल्पायुमै दिवांगत भएकोमा दु:ख ब्यक्त गर्दै एक मिनेट मौनधारणबाट गरियो। पहिलो कार्यक्रम समाजका अध्यक्ष सुकुमान तामाङको सभापतित्वमा महासचिब द्वारा समाजको तेस्रो कार्यकालको अभिलेख तथा कोषाध्यक्ष मार्फत आर्थिक कारोवार प्रस्तुत गरि सर्वसम्मति बाट अनुमोदन गरियो । तत्पश्चात सभापतिद्वारा तेस्रो कार्यसमिति भंग भएको जनाउ गर्दै कार्यक्रमको दोस्रो सत्रमा नयाँ कार्यसमिति चयन गर्दै चौथो अधिवेशन समापन गरिएको थियो ।

नयाँ कार्यसमितिमा समाजका निवर्तमान अध्यक्ष सुकुमान थिङ तामाङकै अध्यक्षतामा ३५ सदस्यीय चौथो कार्य समिति निर्बिरोध चयन् गरेको छ । कार्यसमितिले पहिलो वैठकबाट नपुग सदस्यलाई थप गरि कार्यसमिति पुरा गरिने छन । नयाँकार्यसमितिमा चयन भएका सबैलाई सफलताको कामना सहित संस्थापक अधक्ष्य एवं समाजका सल्लाहकार रेख ब्लोनद्वारा खादा ओढाई कार्यक्रमको समापन भएको थियो ।

समितिको उपाध्यक्षहरुमा :
मंगल तामाङ [साइतामा] , कुमार मोक्तान [नागोया] , सन्जिब तामाङ [टोकियो] , शान्ता तामाङ् [साइतामा]
महासचिब :   हवल चन्द्र लामा [टोकियो]
सचिब  :     कुमार मोक्तान [साइतामा] ,  बिमल लामा [कानागावा]
कोषाध्यक्ष :  तारा तामाङ् [टोकियो]
सह-कोषाध्यक्ष : सितल योन्जन [चिबा]

चौथो कार्यसमिति

चौथो कार्यसमिति

सफलताको कामना

सफलताको कामना

कार्यसमिती सदस्यहरु (वर्णमाला क्रममा)
अमित लामा तामाङ
उदय मोक्तान तामाङ
कबिता लामा घिसिङ्
कर्मा वाङगेल लामा तामाङ
कवि राज लामा तामाङ
कुमार गोङबो तामाङ
चन्द्रराज लामा तामाङ
जगतमान योञ्जन तामाङ
टासी लामा तामाङ
तेन्जिङ योञ्जन तामाङ
नरेश बहादुर दोङ
पुर्ण पाख्रीन तामाङ
पेमा वाइबा तामाङ्
रस्मी थिङ
राजीब लामा
राजेन्द्र लामा
रुबिना दोङ तामाङ्
सन्तोष योञ्जन तामाङ
सम्झना लामा तामाङ
सरोज घिसीङ
सोनी दोङ ज्ञवाली

सल्लाहकारहरु:
रेख ब्लोन तामाङ
प्रवीण लामा
गंगा बहादुर स्याङतान तामाङ
आले थिङ तामाङ
कूलमान् लामा

2013 Hanami program with AGA


नेपाल तामाङ समाज जापान को दोस्रो हानामी कार्यक्रम

>> खराब मौसमको कारणले यस पटकको हानामी कार्यक्रम स्थागन,

यस बाट पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

प्रत्येक वर्ष तामाङ जातिको महानपर्व ल्होछार,समरमा डन्फु साझ, अप्रिलमा जापानको साकुरा फूल फुल्ल्ने समयमा बगैचामा बसेर फूल हेर्दै खाने पर्ब हानामी भव्य रुपले मनाउदै आइरहेको साथै विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरेर बुद्धजयन्ती, विश्व आदिवासी दिवस जस्ता अधिकार मुलक कार्यक्रमहरु संयूक्त रुपमा मनाउदै आएको छ ।

हानामी@Hibiya Park Tokyo

त्यसैको निरन्तरताको लागि हानामी प्रोग्राम राखिएको छ । यहाँहरु सबैको सहभागीको अपेक्षामा ।

कार्यक्रम स्थल : हिबिया पार्क टोकियो
मिति: 2013 April 6 (शनिवार) समय : दिनको १२ बजे देखि
सहभागी शुल्क : १००० ¥ (खाजा र सफ्टड्रि्ंक)

Please join us @ Facebook event सबै साथीहरुलाई मार्च को ३१ सम्ममा सहभागी हुन सक्ने नसक्ने खबर गरि
दिनु हुन पनि अनुरोध ।

हिबिया पार्कको हानामीको झलक पनि :

हार्दिक धन्यवाद


तामाङ समाज जापानका विज्ञप्ति

केही दिन अगाडि आफ्नै कोठामा आत्माहत्या गरेकी जापानमा अधयन्रत नेपाली विद्यार्थी सानुकुमारी तामाङको
पार्थिब शरीर थाई एयरवेज मार्फत आज काठमाण्डौ पठाइएको छ । स्व. तामाङको शब आज साँढे पाँच बजेको
थाइ विमानवाट वैंकक हुँदै भोलि १९ तारिख विहान १२:२५ थाइ बिमान मार्फत नै काठमाण्डौ पुग्नेछ । नेपालबाट
उनको परिवारले मृत शरीर नेपालमै पठाईपाऊँ भन्ने बिशेष अनुरोध आएपछि सो कार्यको लागि नेपाल तामाङ समाज
जापानको पहलमा आर्थिक सहयोग संकलन शुरु गरिएको थियो ।

स्वर्गिय सानुकुमारी तामाङको शब नेपाल पठाउन को लागि सम्पूर्ण तबर ले सहयोग गर्नुहुने जापान का जापानी तथा
नेपाली माहानुभाब हरू लगाएत जापान,कोरिया,अंमेरिका र नेपालका सम्पूर्ण संघसंस्था,तथा सहयोगी माहानुभाबहरुमा
हार्दिक धन्यवाद व्यक्त गरिन्छ । नेपाल तामाङ समाज जापानको पहलमा शुरु गरिएको आर्थिक संकलन अभियानमा
जम्मा रकम १८ लाख ५३ हजार (१८५ मान ३ हजार) संकलन भएको थियो भने उक्त रकम मध्ये १३ लाख
(१३० मान) जापानी यान शबलाई नेपाल पठाउन खर्च लागेको र अन्य वाँकी नगद रकम मृतकको परिवारको
सहयोगार्थ मृतकको भिनाजु धर्म लाल तामाङ लाई हिजो नै हस्तान्तरण गरिएको छ ।

सहयोग गर्नुहुने संघसंस्था तथा व्यक्तिहरुको नामावली यस पेजमा राखिने छ ।

[https://tamangsamaj.wordpress.com/appeal/]

हवल चन्द्र लामा (महासचिव)
नेपाल तामाङ समाज जापान
मार्च 18, 2013

हार्दिक श्रदांजलि


एनआरएन जापानका संस्थापक अध्यक्ष तथा तथा समाजसेवी दाजू राजन प्रधानाङ्गज्यूको पूज्यनिया
आमाको निधन प्रति नेपाल तामाङ समाज जापान हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै उहांको परिवारजन
तथा आफ़न्तजनहरुमा पर्न गएको दुख प्रति हार्दिक समबेदना तथा धैर्य-धारण गर्ने शक्ती मिलोस भन्दै भगवानसँग
प्रार्थना गर्दछौं ।

सहयोगी हातहरुप्रति तामाङ समाज जापान आभारी


हार्दिक आभार

शोकाकूल परिवारको अनुरोध त्यस अवाजलाई सबै सामू अपिलको रुपमा पुरयाई सहयोगी हातहरुको साथ पाएकोमा
नेपाल तामाङ समाज जापान सबै सहृदयी नेपाली मित्रहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छ । यस कार्यमा
प्रत्यक्ष – अप्रतक्ष्यरुपमा आफ्ना सहयोगी हातहरु फैंलाउनु भएका तथा सदभाव र सहिष्णुताको सुझाव दिनु हुने जापान
लागायत विश्वभरिका सबै चिर परिचित मित्रहरु प्रति आभारी व्यक्त गर्दर्छौं ।

सबैको चासो रहेको विषय पार्थिव शरीरलाई जापान बाट नेपाल लैजाने तयारी अन्तिम अवस्थामा पुगेको जानकारी पनि
यसै साथ गरिन्छ ।

आउँदो १८ तारिख सोमबार थाई एयरवेजबाट नारीता एयरपोर्ट हुँदै नेपाल लैजाने तय भएको छ ।

सहयोगको लागि अपिल


तामाङ समाज जापानको अपिल

सहयोगी हातहरुको लागि तामाङ समाज जापान हार्दिक आभार व्यक्त गर्न चाहन्छ  ।
छिट्टै दिवंगत सानु कुमारी तामाङको पार्थिव शरीर उहाँका परिवारकोमा पुरयाउने छौं । 

बीसको दसकमा भर्खर पाईला टेकेका सानु कुमारी तामाङका परिवार – आफन्त अहिले शोकमा डुबेका छन । मानिस लगायत जिवित प्राणीका लागि जिवन-मरण प्रकृतिका देन भए पनि असामयिक निधनका बेलामा भने सबैका मन दु:खी तुल्याउछन् नै । हामी र हाम्रा समाजमा यि यस्ता घटना कम होस र सधैं शान्ती छाईरहोस भन्ने कामना गर्दछौं ।

तामाङ समुदायका एक चेलीको यसरी परदेशमा निधन हुँदा हामी सबैलाई मर्माहत तुल्याएको छ ।  नेपाल तामाङ समाज जापानका तर्फबाट यस दु:खद घडिमा परिवारको आग्राह अनुसार पार्थिव-शरीर नेपाल पठाउनकोलागि आवश्यक सहयोग जुटाउन पहल गरिरहेका छौं ।

दिवंगत : सानु कुमारी तामाङ
स्थायी ठेगाना : मंगलटार -९, काभ्रे, नेपाल
मृ्त्यु भएको : मार्च ७ तारीख २०१३, टोकियो

हाल लाई दिवंगत शरीर टोकियो को एक अन्त्यष्टी गृहमा राखिइएको छ । सबैको सहयोग जुटाएर यथासंभव नेपाल पठाउने तयारीमा लागेका छन् । हजुरहरुको हरेक सहयोगको लागि अग्रीम कृतज्ञता पनि व्यक्त गर्दछौं ।

सहयोग जम्मा गर्नको लागि देहायका खाता प्रयोग गरि आफ्नो नाम वा संस्थाको नाम सहित राखि दिनु हुन विनम्र अनुरोध गर्दछौं । यसै प्रयोजनको लागि खातामा जम्मा भएका सबै रकम मृतकका आफन्त लाई एक मुष्ट बुझाईने छ । साथै जम्म गरिदिनु भएका सबैको नामावाली हाम्रो यसै पेजमा प्रकाशित गरिनेछ ।

Bank Account Details: (सहयोगी सबैलाई धन्यवाद सहित खाता विवरण हटाईएको छ । यस ’bout जानकारी चाहिएमा नेपाल तामाङ समाज जापानका सचिवालय मेलमा सम्पर्क गर्नु हुन अनुरोध सहित (मार्च १६, २०१३))

हार्दिक समवेदना !!


सानु कुमारी तामाङ प्रति हार्दिक समवेदना !!

जापानमा सबै नेपाली जस्तै आफ्नो तथा परिवारको भविष्य बनाउन भनि १ वर्ष अगाडि जापानी भाषा विद्यालयमा अध्ययन शुरु गरेका काभ्रे मंगलटारका सानु कुमारी तामाङको  असामयिक निधनले हामी सबै तामाङ समाज जापान परिवार स्तब्ध  भएका छौं । दु:खको यस घडिमा दिवंगत आत्मको चीर शान्तीको कामना तथा शोक सन्तब्ध परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छौं ।

नेपाल तामाङ समाज जापान परिवार
 2013 / मार्च / 08