About NTSJ

सन २०१३ – २०१५ का कार्यसमितिका पदाधिकारी र सदस्यहरु :

अध्यक्ष        :      सुकुमान थिङ तामाङ
उपाध्यक्ष       :      मंगल तामाङ (साईतामा)
उपाध्यक्ष       :      कुमार मोक्तान तामाङ (नागोया)
उपाध्यक्ष       :      संजिव स्याङतान तामाङ (टोकियो)
उपाध्यक्ष       :      शान्ता लोप्चन तामाङ (साईतामा)
महासचिव      :      हवल चन्द्र लामा तामाङ (टोकियो)
सचिव         :      कुमार मोक्तान तामाङ (साईतामा)
सचिव         :      बिमल लामा तामाङ
कोषाध्यक्ष      :      तारा गोले तामाङ (टोकियो)
सहकोषाध्यक्ष    :      शीतल योञ्जन तामाङ (चिबा)

सदस्य : (वर्णमाला क्रम)

	            अमित लामा तामाङ
             उदय मोक्तान तामाङ
             कबिता लामा घिसिङ् 
             कर्मा वाङगेल लामा तामाङ
             कवि राज लामा तामाङ
             कुमार गोङबो तामाङ
             चन्द्रराज लामा तामाङ
             जगतमान योञ्जन तामाङ
             टासी लामा तामाङ
             तेन्जिङ योञ्जन तामाङ
             नरेश बहादुर दोङ तामाङ
             पुर्ण पाख्रीन तामाङ
             रस्मी थिङ तामाङ
             राजीब लामा तामाङ
             राजेन्द्र लामा तामाङ
             रुबिना दोङ तामाङ
             सन्तोष योञ्जन तामाङ
             सम्झना लामा तामाङ
             सरोज घिसीङ तामाङ
             सोनी दोङ ज्ञवाली

सल्लाहकार:
रेख ब्लोन तामाङ
प्रवीण लामा
गंगा बहादुर स्याङतान तामाङ
आले थिङ तामाङ
कूलमान लामा

नेपाल तामाङ समाज जापानको स्थपना तथा यसको उद्देश्यहरु:

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि राज्यस्तरबाट गरिइएको उपेक्षाका कारण यहाँका आदिवासी जनजातिहरुको भौतिक पहिचान संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा जापानमा रहेका नेपाली आदिवासी जनजातिहरु मध्यका एक तामाङ समुदायले पनि आफ्नै मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दन तथा समुदाय र राष्ट्रको हक, हित र उन्नतिका लागि सामुहिक र संगठित रुपमा प्रयत्नशील रहन एक सामाजिक संस्था तामाङ समाज जापान गठन गर्न वाञ्छानीय भएकोले यो तामाङ समाज जापान गठन गरिएको हो।

यसका साथै जापानमा प्रवासित तामाङहरु, अन्य नेपाली आदिवासी जनजातिहरु लगायत सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातीय सदभाव र भातृत्वको अभिवृद्दि गर्दै जापानमा रहँदा आई पर्ने मानवीय कठिनाई र समस्याहरुको समाधानमा कृयाशील रहन र जापानमा उनीहरुले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि, पूँजी आदिको लगानी गर्दै नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउन तामाङ समाज जापान सदा कटिवध्द रहनेछ।

उदेश्य र नीति

(क)जापानमा रहेका तामाङहरु लगायत सम्पूर्ण नेपाली आदिबासी जनजातिहरुकोबीचमा पारस्परिक सम्पर्क, समन्वय, सहयोग, एकता, सदभाव एवं भातृत्वको अभिवृद्दि गर्दै यहाँ रहँदा उनीहरुले प्राप्त गरेको ज्ञान, सीप, पूँजि, प्रविधि आदिलाई देशको विकासमा सदुपयोग गर्न गराउन प्रयत्नशील रहने।

(ख)जापानमा स्थापित नेपाली संघ संस्थाहरुसंगको पारस्परिक सम्बन्ध, समझदारी, सहयोग र सहकार्यको संस्कृतिलाई अझ अघि बढाउँदै यहाँ रहेका तामाङहरु लगायत सम्पूर्ण नेपालीहरुको न्यायोचित हक अधिकारको संरक्षण र सम्बर्ध्दनका साथै जापानमा रहँदा आई पर्ने दुर्घटना र आपतविपत तथा मानव आधिकार सम्बन्धी समस्याहरुको समाधानमा सहयोग गर्न सकृय रहने।

(ग)तामाङ भाषा, लिपि, सहित्य, कला, धर्म, संस्कृति, ईतिहास आदिको अध्ययान संरक्षण, संवर्ध्दन र उत्थानमा जोड दिंदै तामाङ लगायत सम्पूर्ण नेपाली आदिवासी जनजाति र उत्पिडित समुदायको शैक्षिक, वौध्दिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृध्दिका लागि कृयाशील रहने।

(घ)नेपाल र जापान दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बढि प्रगाढ बनाउनका लागि सहयोग पुग्ने कुनै पनि कार्यहरु गर्न सकृय रहने।

(ङ)समान उद्देश्य भएका जापान लगायत स्वदेश तथा अन्य बाहिरी मुलुकहरुका तामाङ र अन्य जातीय संघ संस्थासंग सदभावपूर्ण सम्पर्क र सम्बन्धको अभिवृध्दि गर्दै साझा सवाल र हकहितका लागि मिलेर कार्य गर्ने।

(च)मानव अधिकारको विश्वव्यापी अधिकार सम्बन्धी अनुबन्धहरु लगायत अन्तर्राष्ट्रिय सन्धि-सम्झौताले दिएका नैसर्गिक मानव अधिकार र त्यससंग सम्बन्धित सबै अधिकार प्राप्तिका लागि कृयाशील रहने।

(छ)उल्लेखित उद्देश्य पूर्तिका लागि अन्य कार्य गर्ने।

(ज)यो संस्था कुनै पनि राजनैतिक दल विशेषसंग असम्बध्द र लाभ निरपेक्ष रहने छ।

Contact us:

Tamang Society Japan तामाङ समाज जापान

Mail : tamang.samaj@gmail.com

Fax: 03-5878-1797

Nepal-Tamang-Samaj-Japan

टिप्पणी छोड्नुहोस्