८औं अधिबेशनको लागि उम्मेदवारी दर्ता शुरु


प्रेस विज्ञप्ति

नेपाल तामाङ समाज जापान केन्द्रीय समितिको ८औं अधिबेशनको लागि उम्मेदवारी दर्ता सम्बन्धि

नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमितिद्वारा पारित नेपाल तामाङ समाज जापानको निर्वाचन नियमावली २०२२ को अधिनमा निर्वाचन मण्डल २०२२ ले उम्मेदवारी दर्ता फाराम यसै सूचना बाट सबैको जानकारी को लागि देहाय बमोजिम प्रकाशन गरेको छ ।

फारामको लिंकः

https://docs.google.com/forms/d/e/1FAIpQLSdC9J2tKHvevRhI6rQb6q_k7XKZpqVOOy-OQvgw9WfF5hVCOA/viewform?usp=sf_link

आगामी नया कार्यसमितिमा रहि समाजको विकाशमा सहयोग पुर्याउनु चाहनु हुने ईच्छुक व्यक्तिहरुले, तोकिएको मिति भित्र उल्लेखित फाराममा आवश्यक विवरण भरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ ।

उम्मेदवारी दर्ता अवधि

२०२२ जुन ५ देखि २०२२ जुन १४ राती ११’५९ बजे सम्म

NTSJ 5th AGA पाँचौ साधारण सभा २०१५


समाजको पाँचौ अधिवेशन सम्बन्धि

DSCN0180
चौथो सभा 2013 का झलक

नेपाल तामाङ समाज,जापानको केन्द्रिय समितिको लागि यहि आउँदो अक्टोबरको ४ तारीख, आईतबारका दिन देहायको स्थानमा  हुने भएको छ। अधिवेशनलाई सफल पार्नको लागि गठित अधिबेशन मुल आयोजक समितिका संयोजक उपाध्यक्ष मंगल तामाङ रहेका छन ।

सभास्थल ठेगाना:
杉並区阿佐谷南3-37-10 YS ディセンダンツビル 2F
Suginami-Ku, Asagaya Minami 3-37-10 YS. Descendants Bldg 2F

समय : दिउँसो १ बजे बाट

Ichiba Studio
Asagaya Ichiba Studio

संस्थाको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि कार्यसमितिका सदस्यसहितका आवश्यकता अनुरुप बिभिन्न समिति बनाई तयारी जारी रहेको छ ।

यसरी नेपाल तामाङ समाज जापानको केन्द्रिय समितिमा उम्मेदवार हुन तथा निर्वाचनमा भाग लिनको लागि साधारण सदस्यता लिई अधिवेशनमा सहभागी हुनाको लागि समाजले अनुरोध गर्दछ । (यस भन्दा अगडि सदस्यता लिनको लागि सेप्टेम्बरको २० तारीख सम्मको समयसिमा तोकेको थियो, हालै बसेको कार्यसमितिको बैठकबाट अधिवेशनको दिन बन्द शत्रमा भाग लिने बेला सम्मका लागि बढाईएको छ । )

सदस्यता फाराम भर्न  सदस्यता फारम प्रयोग गर्नु होला । यस लिंक मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिनेछ । धन्यवाद ।

DSCN0176
चौथो सभा2013 का झलक

DSCN0177
चौथो सभा 2013 का झलक

Appeal of NTSJ तामाङ समाज जापानका अपिल


Historical Dharhara was completely damaged by the quake.
Historical Dharhara was completely damaged by the quake.

शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २ हजार १ सय ५२ पुगेको छ । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार हालसम्म ५ हजार ४ सय ६१ जना घाइतेको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंमा मात्रै ७ सय ३९ को मृत्यु भएको छ ।

माथिका हरफ आजको न्यूजका केहि भाग हुन। यसरी हाम्रो देश नेपालमा अहिले आईलागेको यो प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउन पुगेका हरुलाई हार्दिक समवेदना । उपचारको क्रममा रहेका हरुको शिघ्र स्वास्थलाभको कामना पनि । तर अझै कति जना पुरिएका होलान । उनीहरु कस्तो अवस्थामा होलान् । यि सबै कुराको कल्पना मात्र पनि हाम्रो सोचाई भन्दा परको रहेको कुरा हिजो देखि आजसम्मका फुटेजहरुले देखाईरहेको छ । अझै पनि पहिलो झट्का पश्चातका अनगिन्ति भुकम्पले सबैलाई सडक र चौर को बास बनाएको कुरा पनि हामी बाट छिपेको छैन ।
यस्तो अवस्थामा हामी जस्तो आफ्नो परिवार, आफन्त, नातागोता, साथीसंगी बाट टाढा रहेकाहरु, सबैको एउटै चासो छ, नेपालमा सबै सकुशल रहोस । कामना गरौं, सबैलाई राम्रो होस । तर यति भन्दा भन्दै पनि काठमाडौं उपत्यका लगायत देशका अन्य भुभागमा अझै उद्दारकर्मी नपुगेको ठाउँपनि छन । यसको अर्थ हुन्छ अझै सबै अवस्था बाहिर आएका छैनन् । यस बखत हामी सबैको एउटै कर्म हुन्छ, जो जहाँ जुन अवस्थामा भए पनि, सकेको सहयोग गर्ने । सहयोग कुनै पनि रुपमा र आकारमा हुन सकिन्छ । आउँनुहोस हाम्रो नेपाल आमा रोईरहेको छ, चिच्याईरहेको छ, त्यो रोदन, त्यो चिच्च्याहट लाई अलिकति भए पनि मल्हम लगाउँने कोशिष गरौं ।

जापानमा यस अघिनै वभिन्न संघ-संस्थाहरु सबै मिलेर आपतकालिन राहत कोषको खडा गरि सकेको छ । यसमा सबै संघ-संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्म गर्दै रहेको छ । यसै समाजको एक अंग हाम्रो संस्था नेपाल तामाङ समाज जापानले पनि अहिलेलाई १ लाख यान राहत कोषमा जम्म गरिसकेको छ । तर अहिले जम्म भएको रकम तथा सहयोगले पुग्ने अवस्था छैन । तसर्थ हामी जापानमा जहाँ रहे पनि, यस घडिमा आफूले सकेको सहयोग गर्नु पहिलो कर्तव्य हुन आउँछ । यसैले समाजले जापानमा रहनु भएका सबै तामाङ समुदायलाई यस दुःखद घडिमा हातेमालो गरिदिनु हुन अनुरोध गर्दछौं । जम्म रकमको हर हिसाब दुरुस्त राखि सबैको जानकारीको लागि राखिनेछ । जम्म भएको रकम नेपालमा सरकारी तथा वैधानिक निकायको समन्वयमा सम्बन्धित पक्षलाई पुर्याईने छ ।

रकम जम्म गर्नको लागि देहायको खाताको प्रयोग गर्नु होला । यि खातामा जम्म भएको रकम, नेपाल तामाङ समाज जापान केन्द्रिय समिति तथा च्यूबु क्षेत्रिया समितिले हिसाब दुरुस्त राखिनेछ ।

केन्द्रिय समिति मार्फतः
JP Bank A/c: 10120-18057611

च्यूबू क्षेत्रिय समिति मार्फतः
JP Bank A/c: 12150-85801781

साथै रकम जम्म गर्नु भए पछि, कार्यसमितिका सदस्यहरुलाई वा tamang.samaj(at)gmail.com मा मेल
राखि खबर गरिदिनु हुन पनि अनुरोध गर्दछौं ।

समाजका लागि,

अध्यक्षः
सुकुमान थिङ तामाङ (केन्द्रिय समिति टोकियो)
सुर्य बहादुर थिङ तामाङ (च्यूबु क्षेत्रिया समिति, नागोया)
मिति : २०७२ वैशाख १३ (आईतवार) / April 26, 2015

6th annual ceremony – Sonam Lhochhar 2851 in Japan


चु ङाला ल्होछार (यो मेरो नया वर्ष)
चु ह्राङला ल्होछार (यो तपाईंको नया वर्ष)
चु याङला ल्होछार (यो हाम्रो नया वर्ष)
चु युल्ला ल्होछार (यो संसारको नया वर्ष)
चु ल्होछारला  ज्याबा डान्ब ! (यो नया वर्ष शुभाकमना)

flayer

ठिगी ङाप्ता आईन ङा
दोन्गी दोप्ता आईन ङा
तम्बा कइतेन सेखाम्ला
म्रासीङ बुल्वा फुल खाम्ला
बिसी चिबा आईन ङा
दाङ्बो तम्बासे लेङमा ताम्
ङ्यान्सम् बिसम् पाङला ङाम
मिछेन नोर्बु स्यालकर्पो
गान्बा गान्सुम फ्याफुल्ला ।

यहाँ प्रस्तुत हरफहरु तम्बा कइतेनका केहि अंश हुन । तामाङ समाजमा ताम्बा(समाजविद) को अति महत्वपुर्ण स्थान हुन्छ । जसरी तम्बाको बिशेषता – आफू प्रकाण्ड विद्वान भएर पनि घमण्डको प्रदर्शन नगर्नु, सहभागीहरु सबैको सम्मान गर्नु र शिष्ट औपचारिक भाषाको प्रयोग गर्नु हो, त्यसरी नै हाम्रो तामाङ समूदाय यसै धरातलमा टेकेर सबैको सम्मान गरि आफ्नो संस्कृति र भाषाको जगेर्णा तथा विकाश गर्न लागि पर्नु आजको आवश्यकता हो । यस नयाँ वर्ष ल्हुक (भेडा)वर्षले यहाँहरु सबैको राम्रो होस भन्ने कामना सहित ।

नेपाल तामाङ समाज जापान (NTSJ), जापानमा स्थापित धेरै संघ-सस्था मध्य अलि नयाँ तर धेरै नयाँ हरु भन्दा अलि पुरानो, स्थापना भई छैठौं वर्षमा टेक्न लाग्दा बहुभाषिक, बहुधार्मिक तथा अनेकतामा एकता भएको नेपालको पहिचान मध्य एक आदिवासी तामाङ समुदायको अझ भनौं नेपालको एक राष्ट्रिय पर्व ल्होछार यस वर्ष पनि सम्पन्न गराउने तयारीमा लागेका छौं । यस सन्दर्भमा गएका वर्षहरु भन्दा अलि पृथक तरिका तथा नेपाली तामाङ मौलिकता र संस्कृति जोगाउने हेतुले नेपाल बाट नेपाली लोकगीत तथा तामाङ सेलोको पारखी कलाकारहरुलाई निमन्त्रणा गरि देहायको मिति तथा स्थानमा कार्यक्रम सम्पन्न गराउने ब्योहरा जानकारी गराउँदै सबैलाई कार्यक्रममा सहभागी भईदिनु हुन अनुरोध सहित निमन्त्रणा !

कार्यक्रम तालिका

टोकियो – जनवरी २५ तारिख (आईतबार) ४ बजे देखि ९ बजे सम्म,
Shinjuku Universal City Hall, Kabhuki-cho १-२१-१, Dai2 Touwa Bldg B1, Tokyo

नागोया – जनवरि ३१ तारिख (शनिबार) २ ‍देखि ८ बजे सम्म,
Asian Restaurant Chautari, Shimoida-cho 4-68, Kita-Ku, Nagoya

NTSJ Chubu regional committee concluded Lhochhar program


तामाङ समाज,च्युबुको ल्होछार भब्यताका साथ सम्पन्न – reported by Kumar Moktan (Nagoya)

कार्यक्रमका अतिथिहरु
कार्यक्रमका अतिथिहरु

बुद्धपुजा बाट शुरुवात
बुद्धपुजा बाट शुरुवात

च्युबुबासी तामाङहरुले आफ्नो महान चाड ल्छोछार गत शनिबार नागोया शहरको चिकुसा स्टेशनको अन्मपुर्ण नेपाली रेष्टुरेन्टमा भब्य कार्यक्रम गरी मनाएका छन। कार्यक्रम तामाङ समाज, जापान च्युबु क्षेत्रिय समितिको आयोजना गरेको थियो।

प्रमुख अतिथि गैह्र आवसिय नेपाली संघ(NRN) जापानका केन्द्रिय अध्यक्ष पारशमणि पोखरेलले छ्युमी बाले पछि शुभाराम्भ भएको कार्यक्रममा तामाङ समाज, जापानका केन्द्रीय अध्यक्ष सुकुमान तामाङले ल्छोछारको ’boutमा जानकारी राखेका थिए। संस्थाका सचिब कर्म दोङ तामाङले स्वागत मन्तब्य राखेको थिए भने आदीबासी जनजाति महासंघ,जापानका अध्यक्ष मन पुन, एनआरएन तोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले ल्होछारको शुभ-कामना ब्यक्त गरेका थिए।

प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष पारशमणि पोखरेलले तामाङहरुको महान चाड ल्होछारको शूभ-कामना ब्यक्त गर्दै जापानबासी नेपालीहरुको हरेक समस्याहरुमा एनआरएन साथ रहेको बताए। जापनका रहेका बिद्यार्थी,ब्यबसायी, कुकहरुको लागि संघको आयोजनामा जापानभरि सेमिनार आयोजना गर्न लागेको पनि अध्यक्ष पोखरेलले जानकारी दिएका थिए।

पुजाको प्रसाद बाँडिदै
पुजाको प्रसाद बाँडिदै

सभाअध्यक्षता गरिरहेका क्षेत्रिय समितिका अध्यक्ष सुर्य थिङ तामाङले औपचारिक कार्यक्रमको अन्त भएको घोषणा पछि बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कर्म दोङ तामाङ, दिपिन लामा, राजिब लामा, सरोज लामाले गीत गाएर कर्यक्रमलाई रोचक बनाएका थिए भने एलिना मोक्तानले नृत्य प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन कुमार मोक्तानले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन शान्ति दोङले गरेका थिए।

संगीत अनि गीत साथमा नाच
संगीत अनि गीत साथमा नाच

नेपाल तामाङ समाज जापानको यस वर्षको २८५० औं सोनाम ल्होछार कार्यक्रम


हरेक बर्ष झै नेपाल तामाङ समाज जापानको आयोजनामा तामाङ जातिको माहान चाड २८५०औ सोनाम ल्होछार [ता ल्हो अर्थात घोडा बर्ष] पहिलो पटक जापानमा दुई ठाउँमा आयोजना हुन लागेको छ । च्यूबु क्षेत्रिय समितिको आयोजना मा १ फेब्रुअरी शनिबारका दिन नागोया तथा केन्द्रीय समिति टोकियोको आयोजनामा २ फेब्रुअरी आईतवारका दिन टोकियोमा सम्पन्न हुने  भएकोले सम्पूर्ण जापानबाशी तामाङ लगाएत तामाङ समुदाय तिनको संस्कृतिलाई माया गर्ने सबै नेपाली दिदी-बहिनी, दज्यु-भाइहरुमा शुभकामना साँझमा सरिक भईदिनु हुन हार्दिक आमन्त्रण गरिएको छ।

रात्री-भोज सहित को सांस्कृतिक कार्यक्रममा तामाङ सेलो, डन्फु नाच, लगाएत स्थानिय कलाकार हरूको बिशेष प्रस्तुती रहने कुरा पनि जानकारी गराईन्छ ।

कार्यक्रम सम्बधी जानकारी-:
नागोयामा प्रथम ल्होछार कार्यक्रम

Lhochhar in Nagoya
1st Lhochhar program in Nagoya, Japan

मिति: FEB 1st, 2014 शनिवार (बेलुका ४ बजे बाट )
स्थान: ANNPURNA RESTAURANT

NAGOYA SHI,CHIKUSHA KU
UCHIYAMA 3-25-6
Tel-:080-4227-8379
{Chikusha Station, JR or Higashiyama Line Exit No-4}

 

5th Lhochhar Program in Tokyo
5th Lhochhar Program in Tokyo, Japan

टोकियोमा पाँचौ ल्होछार कार्यक्रम
मिति: FEB 2nd, 2014 आईतवार ( बेलुका ५:३० बजे बाट )
स्थान: Mandir Restaurant Hall
Minato-ku Shibaura
1-2-2 Sea vance Mall 2nd Floor
Tel-:03-3455-2994
{Hamamatsu-cho Station, JR Yamanote, South Exit}

दोस्रो डम्फु साँझ भव्यताका साथ सम्पन्न


नेपाल तामाङ सामाज जापानले राजधानी टोकियोमा दोस्रो डम्फु साँझको आयोजना गरेको छ । हिजो अक्टोवर ५ मा गोतान्डाको नेपाली रेष्टुरेन्टमा सम्पन्न गरिएको कार्यक्रममा टोकियो ’round रहेका तामाङ तथा गैर तामाङ समुदाय लगायत जापानीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष सुकुमान थिङ तथा तामाङ चेलीबाट दीप प्रज्जवलन गरि शुरुवात गरिएको थियो ।

दोस्रो डम्फु साँझ

कार्यक्रममा विभिन्न समाजका सदस्यहरुबाट नै तामाङ सेलोहरु प्रस्तुत गरिएको थियो । आफ्नो सेलो बाट सहभागी सबैको साथ पाएका थिए तामाङ युवा गायक तथा समाजका सदस्यहरु विमल लामा, कर्म दोङ, राजेन्द्र लामा । सेलो तथा अन्य गीतहरुको साथमा सहभागीहरु धित मरुञ्जेल नाचेका देखिन्थे ।

यस पटकको कार्यक्रममा जापानमा आफ्नो प्रस्तुती दिन नेपालबाट आएका गायकद्वय विजय लामा र अविनाश घिसिङलाई पनि समाजले खादा ओढी स्वागत गरेका थिए ।

समाजका महासचिव हवल चन्द्र लामाको धन्यवादज्ञापन सँगै टुङ्गिएको कार्यक्रम उदघोषिका शिक्षा शान्ति वाईवाले सञ्चालन गरेका थिए ।

नेपाल तामाङ समाज जापान दोस्रो डम्फु साँझको तयारी गर्दै


टोकियोमा डम्फू साँझ २०१३
टोकियोमा डम्फू साँझ २०१३

 

नेपाल तामाङ समाज जापानको स्थपना पश्चात जापानमा रहनु भएका तामाङ समुदाय तथा अन्य नेपाली समुदाय विच पुलको जिम्मेवारी वहन गर्दै आज समाजले चौथो कार्यसमितिको साथ पाएको छ । स्थापनाकाल देखि “आफ्नो भाषा, धर्म, संस्कृतिलाई सदैव संरक्षण र संवर्द्धन गरौं, र परदेशमा पनि तामाङ बन्धुहरुबिच सद्भाव कायम गरौं” भन्ने मूल मन्त्रका साथ विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । यसैलाई मूर्त रुप दिन सन २०१२ सेप्टेम्बरमा पहिलो पटक टोकियोमा तामाङ समुदायको अति लोकप्रिय डम्फू तथा तामाङसेलोको महत्व बोकेको “डम्फू साँझ” कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । यसैलाई निरन्तरता दिनको लागि यस वर्ष पनि कार्यक्रमको तयारी भईरहेको र सबै तामाङ बन्धुहरु तथा तामाङ समुदायलाई माया गर्नु हुने सबैको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।

सधैझैं तामाङ समाजका आफ्न सदस्य कालाकारहरुको बेजोड प्रस्तुति रहने छ । विदेशमा रहेर पनि आफ्नो मौलिकतालाई नबिर्सने तथा यहाँ रहेका सबै सँग भाईचरा गर्ने नै मूख्य उद्देश्य हुन ।

सावधानी :
कार्यक्रमस्थलको प्राविधिक कारणले गर्दा आफ्नो सिटको सुरक्षित गर्नु होला । अन्यथा प्रवेशमा कठिनाई हुन सक्छ । हामीलाई फेसबुक तथा फोन मार्फत आफ्नो सहभागीको जानकारी, Sep २५ सम्ममा खबर गरिदिनु हुन अनुरोध गर्दछौं ।

सहभागी शुल्क : खाना-पिन सहित
(पुरुष: ३५०० , महिला: ३००० , १२ वर्ष मुनिका भाई बहिनीहरुला: नि:शुल्क )

कार्यक्रम स्थल : माया रेष्टुरेण्ट गोतान्दा, टोकियो
〒141-0022 東京都品川区東五反田5-28-12 ワタナベボクシングビルB1

विस्तृत जानकारीको लागि सम्पर्क व्यक्तिहरु:

मंगल तामाङ (उपाध्यक्ष) : ०८०-३०८५-००९८
संजिव तामाङ (उपाध्यक्ष)  : ०८०-३५१८-९९०२
तारा तामाङ (कोषाध्यक्ष) : ०८०-३४७५-४६६४
वा हाम्रो इमेल : tamang.samaj@gmail.com

नेपाल तामाङ समाज जापानको चौथो अधिवेशन सम्पन्न


नेपाल तामाङ समाज जापानको चौथो कार्यसमिति चयन

यसै महिनाको ६ तारिख (चैत्र  २४, २०६९ )का दिन टोकियोमा नेपाल तामाड समाज जापानले चौथो अधिबेशन आउँदा २ वर्ष (सन २०१३ अप्रिल – २०१५ मार्च) का लागि नयाँ कार्यसमिति चयन सहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुवात केही समय अघि जापानमा अध्ययनरत काभ्रे मङ्गलटारकी बिद्यार्थी सानुकुमारी तामाङ्को अल्पायुमै दिवांगत भएकोमा दु:ख ब्यक्त गर्दै एक मिनेट मौनधारणबाट गरियो। पहिलो कार्यक्रम समाजका अध्यक्ष सुकुमान तामाङको सभापतित्वमा महासचिब द्वारा समाजको तेस्रो कार्यकालको अभिलेख तथा कोषाध्यक्ष मार्फत आर्थिक कारोवार प्रस्तुत गरि सर्वसम्मति बाट अनुमोदन गरियो । तत्पश्चात सभापतिद्वारा तेस्रो कार्यसमिति भंग भएको जनाउ गर्दै कार्यक्रमको दोस्रो सत्रमा नयाँ कार्यसमिति चयन गर्दै चौथो अधिवेशन समापन गरिएको थियो ।

नयाँ कार्यसमितिमा समाजका निवर्तमान अध्यक्ष सुकुमान थिङ तामाङकै अध्यक्षतामा ३५ सदस्यीय चौथो कार्य समिति निर्बिरोध चयन् गरेको छ । कार्यसमितिले पहिलो वैठकबाट नपुग सदस्यलाई थप गरि कार्यसमिति पुरा गरिने छन । नयाँकार्यसमितिमा चयन भएका सबैलाई सफलताको कामना सहित संस्थापक अधक्ष्य एवं समाजका सल्लाहकार रेख ब्लोनद्वारा खादा ओढाई कार्यक्रमको समापन भएको थियो ।

समितिको उपाध्यक्षहरुमा :
मंगल तामाङ [साइतामा] , कुमार मोक्तान [नागोया] , सन्जिब तामाङ [टोकियो] , शान्ता तामाङ् [साइतामा]
महासचिब :   हवल चन्द्र लामा [टोकियो]
सचिब  :     कुमार मोक्तान [साइतामा] ,  बिमल लामा [कानागावा]
कोषाध्यक्ष :  तारा तामाङ् [टोकियो]
सह-कोषाध्यक्ष : सितल योन्जन [चिबा]

चौथो कार्यसमिति
चौथो कार्यसमिति

सफलताको कामना
सफलताको कामना

कार्यसमिती सदस्यहरु (वर्णमाला क्रममा)
अमित लामा तामाङ
उदय मोक्तान तामाङ
कबिता लामा घिसिङ्
कर्मा वाङगेल लामा तामाङ
कवि राज लामा तामाङ
कुमार गोङबो तामाङ
चन्द्रराज लामा तामाङ
जगतमान योञ्जन तामाङ
टासी लामा तामाङ
तेन्जिङ योञ्जन तामाङ
नरेश बहादुर दोङ
पुर्ण पाख्रीन तामाङ
पेमा वाइबा तामाङ्
रस्मी थिङ
राजीब लामा
राजेन्द्र लामा
रुबिना दोङ तामाङ्
सन्तोष योञ्जन तामाङ
सम्झना लामा तामाङ
सरोज घिसीङ
सोनी दोङ ज्ञवाली

सल्लाहकारहरु:
रेख ब्लोन तामाङ
प्रवीण लामा
गंगा बहादुर स्याङतान तामाङ
आले थिङ तामाङ
कूलमान् लामा

2013 Hanami program with AGA


नेपाल तामाङ समाज जापान को दोस्रो हानामी कार्यक्रम

>> खराब मौसमको कारणले यस पटकको हानामी कार्यक्रम स्थागन,

यस बाट पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

प्रत्येक वर्ष तामाङ जातिको महानपर्व ल्होछार,समरमा डन्फु साझ, अप्रिलमा जापानको साकुरा फूल फुल्ल्ने समयमा बगैचामा बसेर फूल हेर्दै खाने पर्ब हानामी भव्य रुपले मनाउदै आइरहेको साथै विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरेर बुद्धजयन्ती, विश्व आदिवासी दिवस जस्ता अधिकार मुलक कार्यक्रमहरु संयूक्त रुपमा मनाउदै आएको छ ।

हानामी@Hibiya Park Tokyo

त्यसैको निरन्तरताको लागि हानामी प्रोग्राम राखिएको छ । यहाँहरु सबैको सहभागीको अपेक्षामा ।

कार्यक्रम स्थल : हिबिया पार्क टोकियो
मिति: 2013 April 6 (शनिवार) समय : दिनको १२ बजे देखि
सहभागी शुल्क : १००० ¥ (खाजा र सफ्टड्रि्ंक)

Please join us @ Facebook event सबै साथीहरुलाई मार्च को ३१ सम्ममा सहभागी हुन सक्ने नसक्ने खबर गरि
दिनु हुन पनि अनुरोध ।

हिबिया पार्कको हानामीको झलक पनि :