NTSJ Chubu regional committee concluded Lhochhar program

तामाङ समाज,च्युबुको ल्होछार भब्यताका साथ सम्पन्न – reported by Kumar Moktan (Nagoya)
कार्यक्रमका अतिथिहरु
कार्यक्रमका अतिथिहरु
बुद्धपुजा बाट शुरुवात
बुद्धपुजा बाट शुरुवात

च्युबुबासी तामाङहरुले आफ्नो महान चाड ल्छोछार गत शनिबार नागोया शहरको चिकुसा स्टेशनको अन्मपुर्ण नेपाली रेष्टुरेन्टमा भब्य कार्यक्रम गरी मनाएका छन। कार्यक्रम तामाङ समाज, जापान च्युबु क्षेत्रिय समितिको आयोजना गरेको थियो।

प्रमुख अतिथि गैह्र आवसिय नेपाली संघ(NRN) जापानका केन्द्रिय अध्यक्ष पारशमणि पोखरेलले छ्युमी बाले पछि शुभाराम्भ भएको कार्यक्रममा तामाङ समाज, जापानका केन्द्रीय अध्यक्ष सुकुमान तामाङले ल्छोछारको ’boutमा जानकारी राखेका थिए। संस्थाका सचिब कर्म दोङ तामाङले स्वागत मन्तब्य राखेको थिए भने आदीबासी जनजाति महासंघ,जापानका अध्यक्ष मन पुन, एनआरएन तोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले ल्होछारको शुभ-कामना ब्यक्त गरेका थिए।

प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष पारशमणि पोखरेलले तामाङहरुको महान चाड ल्होछारको शूभ-कामना ब्यक्त गर्दै जापानबासी नेपालीहरुको हरेक समस्याहरुमा एनआरएन साथ रहेको बताए। जापनका रहेका बिद्यार्थी,ब्यबसायी, कुकहरुको लागि संघको आयोजनामा जापानभरि सेमिनार आयोजना गर्न लागेको पनि अध्यक्ष पोखरेलले जानकारी दिएका थिए।

पुजाको प्रसाद बाँडिदै
पुजाको प्रसाद बाँडिदै

सभाअध्यक्षता गरिरहेका क्षेत्रिय समितिका अध्यक्ष सुर्य थिङ तामाङले औपचारिक कार्यक्रमको अन्त भएको घोषणा पछि बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कर्म दोङ तामाङ, दिपिन लामा, राजिब लामा, सरोज लामाले गीत गाएर कर्यक्रमलाई रोचक बनाएका थिए भने एलिना मोक्तानले नृत्य प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन कुमार मोक्तानले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन शान्ति दोङले गरेका थिए।

संगीत अनि गीत साथमा नाच
संगीत अनि गीत साथमा नाच

1 thoughts on “NTSJ Chubu regional committee concluded Lhochhar program

  1. ए तामांग साथिहरु हो! नेपाल र विश्वभरिका तामांग संघ संथाहरुका पदाधिकारी वर्ग!!

    यसबेला सम्पूर्ण तामांग एक जुट भएर एकै शोरमा तन मन दिएर संबिधानको मस्यौदामा सुझाव दिन पर्ने समय खेर नफालौ| हाम्रा तामांग संस्थाहरु र तामांग व्यक्तित्व, बुद्धिजीवी, लेखक, वकिल, कलाकार सबैले अगुवाई गरी सुझाव दिन सक्नुपर्छ| यसबेला पनि हामी अघि नबढे हामीलाई फेरि पछि पार्न सकिनेछ| बिशेष गरेर हाम्रा हातका औंलामा गन्न सकिने वकिल पेशामा रहेका वा कानुनका अध्ययन गरेका, लेखक र बिज्ञहरुलाई यस’bout आआफ्नो ठाउँबाट अगुवाई गरिदिन हुन् अनुरोध गर्दछु|

    के हो संबिधान भनेको?
    छोटोमा भन्नपर्दा, संबिधान भनेको मौलिक सिद्धान्त सहितको देश चलाउने गुदी कानुन हो| नागरिकका मौलिक अधिकार संविधानले तोकिदिएका हुन्छन र यसको ग्यारन्टी पनि संविधानले गरेको हुन्छ| संबिधानमा तोकिऎका हकको हनन गर्न पाइदैन| मुलुकको संबिधानमा सबै नागरिकलाई समान हक प्रदान गरिएको हुन्छ|
    संबिधान भनेको ट्राफिक नियम होइन तर सडकमा नियम (कर्तब्य) पालना गरेर सबै नागरिकले समान अधिकार उपभोग गर्ने संविधानले ग्यारेन्टी गरेको हुन्छ| पंचायतकालमा जस्तो जसलाई पायो उसैलाई प्रशासनले कानुनी प्रक्रिया नपुर्याई थुन्न सक्दैन| संबिधानभन्दा माथि कोहि पनि हुँदैनन्|

    पहिलेको संबिधान र अब आउने संबिधानमा के फरक?
    राजाको पालाको संबिधानमा केही व्यक्ति र परिवार संबिधान भन्दा माथि थिए वा भनौ राजालाई नेपाली जनताको भाग्यविधाता भनेर संबिधान उनकै हातमा छाडिएको थियो| त्यसै भएर जो होचो थिए, उनीहरुलाई राजतन्त्रले मिच्न मिचे| सबै प्रजालाई समान अवसर प्राप्त थिएन| त्यही राजतन्त्ररुपी क्रुर जाँतोमा तामांग जाति २४० बर्ष जति दिनरात पीसिन पिसीए, तर पनि तामांगहरुका लगनशीलताको फलस्वरूप धुलोपीठो हुनबाट बचे|
    वर्तमान दशकमा राजतन्त्र फालेर ल्याएको लोकतन्त्रमा तामांगले समान अवसरको धेरै अपेक्षा गरेको थियो| तर राजा नरहे पनि राजनैतिक नेताहरुको रुपमा सयौ राजाहरु जन्मिए, जसले तामांग जातिलाई वेवास्ता गरिनै रहे र अहिले पनि गदै आएका छन्| परिणाम स्वरुप तामांग अहिले पनि सीमान्तकृत अवस्थामा नै छन्| अहिलेको मन्त्रिमण्डलमा नेपालको जनसंख्याको एउटा ठुलो हिस्सा रहेको तामांग जतिको प्रतिनिधित्व छैन| नेताहरु समावेशी भनेर भाषण दिन्छन तर तामांग जाति प्रतिको उपेक्षा र अवहेलना उत्तिकै छ जुन पहिले थियो| यो भन्दा शर्मनाक कुरो देशकै निम्ति र तामांग जातिको निम्ति अरु के हुन् सक्ला? भन्नको तात्पर्य एउटा दुइटा मन्त्रि हुँदैमा सबै समस्या हाल हुन्छ भन्ने कदापि होइन तर देशका राजनैतिक दलहरुले तामांगवर्गको अस्तित्व प्रति कस्तो वेवास्ता र अवहेलना गर्दो रहेछ त्यसको यो एउटा सानो नमुना मात्र हो| देशमा लोकतान्त्रिक संबिधान आएर पनि किन तामांग बर्ग प्रति उपेक्षा र अवहेलना जारी रह्यो त्यस’bout हामीले सचेत भएर सोच्न परेको छ|
    यो भन्दा अघि र अहिले सम्मका संविधानले उही खाईपाई आएकाहरुका हातमा राज्यको बागडोरको निरन्तरता कायम गर्दै आएको हामीले देखिरहेका छौ|

    के हो level playing field र योग्यताको आधार भनेको?
    लेभल प्लेईङ्ग फिल्ड भनेको सबै नागरिकले समान आधारमा समान अवसर पाउनु हो| तर शताब्दीदेखि तामांगलाई राज्यले बन्चित राखेर अरु जातिको तुलनामा मरणासन्न अवस्थामा पुर्याएका छन्| आफ्नै पुर्ख्यौली भुमिमा तामांग जाति सुकुम्वासी बन्न परेको हामीले देखका र भोगेका छौ| विर्ता, आधिग्रहण, कीर्ते, जालसाजी, गरिबीको मारमा परेर तामांग भुमि अरुले हडपेका छन्| यस्तो अवस्थामा लेभल फिल्ड लागु गर्दा जो अघि बढेका छन् उनीहरुनै अघि रहनेछन|
    जो युगौ देखि थरि थरिका जायज नाजायज भर्याङ्ग चढेर माथि उक्लिएका छन्, उनीहरुले आज आएर आफु माथि पुगे पछि लेभल प्लेईङ्ग फिल्ड वा समान मैदानको आवाज उठाएका छन्| योग्यताको आधारमा मात्र सबैलाई अवसर दिनपर्ने आवाज घनकाएका छन्| सरसरी हेर्दा यो ठिकै जस्तो लाग्न सक्छ| तर यसले खाईपाई आएका सुबिधाभोगी र पछ्डाईएका जातिहरु बीचको दुरीलाई पुरा गर्न सक्दैन| खालि योग्यताको आधारमा मात्र स्थान दिने हो भने जो माथि पुगे उनीहरु र उनीहरुका सन्तान नाता गोता मात्र अझ माथि नै रहनेछन र तल रहेका राज्यले युगौ देखि उपेक्षित तुल्याएका जाति हरु तलै पर्नेछन|
    स्वतन्त्र भारतको संबिधान निर्माणताका डा. अम्बेद्कारले उक्त दुरी घटाउन कैयन प्रावधानको व्यवस्था गरेका थिए| सबभन्दा दुखद कुरो के भने नेपालको नंया संबिधान मस्यौदा लेख्नेहरुमा डा. अम्बेडकरको जस्तो दुरगामी सोच भएको व्यक्ति त् के, उँहाको एक टालो पनि छैन| सबै जसो आफ्नै खाईपाई आएका स्थितिलाई कसरि जोगाउने वा निरन्तरता दिने सोचमै छन् भन्दा अत्युक्ति नहोला|
    राजतन्त्र मासीए पछि आएको अन्तरिम संबिधानले वा संशोधनले उक्त आकांक्षाको पूर्ति गर्न नसकेको प्रष्ट छ जँहा सम्म तामांग जातिको विकाशको प्रश्न छ|

    सुविधाभोगी र सीमान्तकृत बीच कसरि दुरी घटाउने?
    लेभल प्लेईङ्ग फिल्डले सीमान्तकृत जाति र सुबिधाभोगीहरु बीचको दुरीलाई पुरा गर्ने होइन अझ टाडो लैजान्छ| यो दुरी पुरा गर्ने हो भने केही निश्चित अवधिका लागि समावेशीपन लागु गर्ने पर्छ| आरक्षणले मात्र यो दुरीलाई केही हदसम्म पुरा गर्न सक्छ| यसैले आगामी संबिधानमा आरक्षणको व्यवस्था हुन् नितान्त आवश्यक छ|

    कस्तो आरक्षण व्यवस्था हुनपर्ने र आरक्षण किन?
    माथि बताइने प्रयास गरिएको छ आरक्षण किन चाहियो भनेर| तर आरक्षणको नाउँमा राज्यका केहि जागिरदार र भागिरदार रकमीहरुले लैंगिक मुद्दा अघि सारेर छद्मरुपमा विपन्नता देखाउदै उही सुविधाभोगी जातिको महिलाहरुलाई अघि सारेका छन्| समावेशी कोटामा आएका वा समानुपातिक कोटामा सभासद भएकाहरुलाई एक चरण दृष्टि गत गरे यो छर्लंग हुन्छ| आरक्षण व्यवहारिक हुनपर्छ| अहिले सम्मको आराक्षण बाट तामांग जातिलाई फायदा नपुगेको प्रष्ट छ|

    निचोडमा फेरि दोहोर्याएर भन्नपर्दा, तामांग जातिको सुझाव के हुनपर्छ?

    १. माथि उल्लेख गरियो, तामांग जातिलाई उचित आरक्षणको व्यवस्था हुनपर्छ| तामांग जातिलाई अन्य नेपाली सरह राष्ट्रको मूल प्रवाहमा सम्मिलित गर्न र राज्य निर्माण र संचालनमा सहभागिता गराउने हो भने तामांग जातिको जनसंख्या अनुसार समावेशीपन सहित आराक्षणको व्यवस्ता गरिन बान्छनीय हुन् आउँछ| कार्यपालिकामा तामांग जातिको प्रतिनिधित्व जनसंख्याको आधारमा हेर्ने हो भने छँदै छैन भने पनि हुन्छ| न्यायपालिकाको कुरै नगरे पनि हुन्छ| सेनामा पनि उही हालत, उच्च पदमा कोही छैनन्| राजाका सेना रहुन्जेल त् त्यस्ता थिए तर आउँदा बर्षहरुमा पनि तामांगजातिको त्यंहा प्रतिनिधित्व हुने देखिदैन| लोकतान्त्रिक नेपालमा सेनाको सामन्ती व्यवस्थाले सिर्जना गरेको तामांग जातिको शर्मनाक रुपमा पीपा पल्टन तुरन्त बन्द गरिन पर्छ|

    २. हिन्दु र बौद्ध राज्य वा धर्म निरपेक्षता: सके देशलाई हिन्दु र बौद्ध धर्म राज्य घोषणा गरी अरु धर्मको पनि समान आदर गरिने गरी उल्लेख गरे राम्रो हो| नत्र धर्म निरपेक्षले निरन्तरता पाउन पर्छ| कसैले आफ्नो धर्म आफूखुशी र आफनै विवेक र सुझबुझमा परिवर्तन गर्न चाहन्छन भने त्यो स्वतन्त्रता नागरिकलाई प्रदान गरिन पर्छ| कसैलाई कुनै प्रलोभन र कुनै रुपमा चाप दिएर व्यक्तिगत र संस्थागत रुपमा धर्म परिवर्तन गर्न बन्देज गरिन पर्छ|
    3. राष्ट्रिय जनावार र गाई गोरुको मासु: राष्ट्रिय जनावर गाई हुन् भएन | तर अरु धर्मको मर्यादामा आंच नपुग्ने गरी जसले गाईको मासु खान चाहन्छन, उनीहरुलाई त्यो स्वतन्त्रता दिन पर्छ| मगरले सुंगुरको मासु खाँदा मुस्लिमलाई आंच पुग्यो भन्ने थाहा पाईएको छैन| आफ्ना ठाउँमा ठिकै रहेका छन्|

    हाम्रो मुख्य सुझाव के हुनपर्छ
    यो पंक्तिकारको बिचारमा हाम्रा अरु जुनसुकै मांग भए पनि हाम्रो मुख्य सुझाव भने संघीयता अनतर्गत ताम्सालिङ्ग स्वायत्त प्रदेश हो| ताम्सालिङ्गमा तामांगलाई केहि निश्चित समयको लागि अग्र अधिकार हुन् अति आवश्यकीय छ| सीमांकन संगै नामाकरण नगर्नु भनेको तामांगलाई फेरि छ्क्याईनु हो| यसप्रति हाम्रा बुज्रुग साथीहरु समयमै सचेत हुनपर्छ| ताम्सालिङ्ग सीमांकन र नामकरण बिनाको प्रदेश स्वीकार्य हुन् हुँदैन|
    कसरि सुझाव दिने?

    नेपाल र बिश्व भरिका तामांग संस्थाले ताम्सालिंगको औचित्यलाई हृदयंगम गरी अरुलाई पनि बुझाई सर सल्लाह गरी ताम्सालिङ्गलाई केन्द्रित गरेर ठिक समयमै सुझाव प्रदान गर्न पर्छ|

    ल्हास्सो फ्याफुल्ला!
    Be a good Tamang first to be a good Nepali!
    Proud to be a Tamang, proud to be a Nepali.
    च्याङ्ग्बा विहान

टिप्पणी छोड्नुहोस्