Appeal of NTSJ तामाङ समाज जापानका अपिल

Historical Dharhara was completely damaged by the quake.
Historical Dharhara was completely damaged by the quake.

शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २ हजार १ सय ५२ पुगेको छ । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार हालसम्म ५ हजार ४ सय ६१ जना घाइतेको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंमा मात्रै ७ सय ३९ को मृत्यु भएको छ ।

माथिका हरफ आजको न्यूजका केहि भाग हुन। यसरी हाम्रो देश नेपालमा अहिले आईलागेको यो प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउन पुगेका हरुलाई हार्दिक समवेदना । उपचारको क्रममा रहेका हरुको शिघ्र स्वास्थलाभको कामना पनि । तर अझै कति जना पुरिएका होलान । उनीहरु कस्तो अवस्थामा होलान् । यि सबै कुराको कल्पना मात्र पनि हाम्रो सोचाई भन्दा परको रहेको कुरा हिजो देखि आजसम्मका फुटेजहरुले देखाईरहेको छ । अझै पनि पहिलो झट्का पश्चातका अनगिन्ति भुकम्पले सबैलाई सडक र चौर को बास बनाएको कुरा पनि हामी बाट छिपेको छैन ।
यस्तो अवस्थामा हामी जस्तो आफ्नो परिवार, आफन्त, नातागोता, साथीसंगी बाट टाढा रहेकाहरु, सबैको एउटै चासो छ, नेपालमा सबै सकुशल रहोस । कामना गरौं, सबैलाई राम्रो होस । तर यति भन्दा भन्दै पनि काठमाडौं उपत्यका लगायत देशका अन्य भुभागमा अझै उद्दारकर्मी नपुगेको ठाउँपनि छन । यसको अर्थ हुन्छ अझै सबै अवस्था बाहिर आएका छैनन् । यस बखत हामी सबैको एउटै कर्म हुन्छ, जो जहाँ जुन अवस्थामा भए पनि, सकेको सहयोग गर्ने । सहयोग कुनै पनि रुपमा र आकारमा हुन सकिन्छ । आउँनुहोस हाम्रो नेपाल आमा रोईरहेको छ, चिच्याईरहेको छ, त्यो रोदन, त्यो चिच्च्याहट लाई अलिकति भए पनि मल्हम लगाउँने कोशिष गरौं ।

जापानमा यस अघिनै वभिन्न संघ-संस्थाहरु सबै मिलेर आपतकालिन राहत कोषको खडा गरि सकेको छ । यसमा सबै संघ-संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्म गर्दै रहेको छ । यसै समाजको एक अंग हाम्रो संस्था नेपाल तामाङ समाज जापानले पनि अहिलेलाई १ लाख यान राहत कोषमा जम्म गरिसकेको छ । तर अहिले जम्म भएको रकम तथा सहयोगले पुग्ने अवस्था छैन । तसर्थ हामी जापानमा जहाँ रहे पनि, यस घडिमा आफूले सकेको सहयोग गर्नु पहिलो कर्तव्य हुन आउँछ । यसैले समाजले जापानमा रहनु भएका सबै तामाङ समुदायलाई यस दुःखद घडिमा हातेमालो गरिदिनु हुन अनुरोध गर्दछौं । जम्म रकमको हर हिसाब दुरुस्त राखि सबैको जानकारीको लागि राखिनेछ । जम्म भएको रकम नेपालमा सरकारी तथा वैधानिक निकायको समन्वयमा सम्बन्धित पक्षलाई पुर्याईने छ ।

रकम जम्म गर्नको लागि देहायको खाताको प्रयोग गर्नु होला । यि खातामा जम्म भएको रकम, नेपाल तामाङ समाज जापान केन्द्रिय समिति तथा च्यूबु क्षेत्रिया समितिले हिसाब दुरुस्त राखिनेछ ।

केन्द्रिय समिति मार्फतः
JP Bank A/c: 10120-18057611

च्यूबू क्षेत्रिय समिति मार्फतः
JP Bank A/c: 12150-85801781

साथै रकम जम्म गर्नु भए पछि, कार्यसमितिका सदस्यहरुलाई वा tamang.samaj(at)gmail.com मा मेल
राखि खबर गरिदिनु हुन पनि अनुरोध गर्दछौं ।

समाजका लागि,

अध्यक्षः
सुकुमान थिङ तामाङ (केन्द्रिय समिति टोकियो)
सुर्य बहादुर थिङ तामाङ (च्यूबु क्षेत्रिया समिति, नागोया)
मिति : २०७२ वैशाख १३ (आईतवार) / April 26, 2015

टिप्पणी छोड्नुहोस्